इन्ष्टिच्युटको लापर्वाहिले १५० बिधार्थी एसएलसी दिनबाट बन्चित

चैत्र ५, काठमाडौं- इन्ष्टिच्युटमा ट्युसन पढेर एसएलसी दिने तयारी गरिरहेका एक सयजना विद्यार्थी बेहालमा परेका छन् । जिल्ला शिक्षा कार्यालयमा फारम भर्न बुझाएको पैसा सञ्चालकले खाएपछि उपत्यकाका विभिन्न एकसय पचास  जना बिधार्थीको भविष्य अन्योलमा परेको हो ।

बीचैमा विद्यालय छाडेका विद्यार्थीलाई ट्युसन पढाएर एसएलसी परीक्षा दिलाउने तयारी गराइरहेको बागबजारस्थित एनइसी इन्ष्टिच्युटको बदमासीका कारण यी विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएको बताइएको छ।

उपत्यकाका विभिन्न ट्युसन सेन्टरमा पढेका विद्यार्थीको परीक्षा फाराम भरेर जिल्ला शिक्षा कार्यालयमा बुझाउने जिम्मा लिए पनि उक्त संस्थाले जिशिकामा फाराम नबुझाइदिएपछि विद्यार्थीको बविष्यमाथि खेलवाड भएको हो ।