नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको सुरु

चैत्र ५, काठमाडौं-चितवनको रत्ननगरमा आज देखिे तेह्रौँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको सुरु हँदै छ । बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीका अनुसार रत्ननगरको होटल स्टार व्याङक््वेटमा हुन लागेको सम्मेलन चैत ७ गतेसम्म चल्नेछ । सम्मेलनको उद्घाटन राष्ट्रपति डा रामवरण यादवबाट बिहान १० बजे हुने कार्यक्रम तय भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा राष्ट्रपतिसँगै प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, प्रधानन्यायाधीश रामकुमारप्रसाद शाह, प्रतिपक्षी तथा प्रमुख दललगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा विदेशी प्रतिनिधिको समेत सहभागिता रहने जनाईएको  छ।
सम्मेलनले संविधानसभामार्फत नयाँ संविधानसभाका लागि ठोस अवधारणा प्रस्तुत गर्ने भएकाले वर्तमान गतिरोध अन्त्यका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । तीन दिनको सम्मेलनमा कानुनसँग सम्बन्धित नौ विषयमा ९३ वटा कार्यपत्र प्रस्तुत हुने र ती विषयमा गम्भीर छलफल गरी निष्कर्ष निकालिने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।