त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान फ्याकल्टी बोर्ड बैठक बस्दै

चैत्र ५, काठमाडौं-त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) फ्याकल्टी बोर्ड बैठक आज बस्दैछ । त्रिवि पदाधिकारीले ‘चोरबाटोबाट सम्बन्धन खोल्ने प्रयासस्वरूप १७ महिनाअघि तयार पारेको चार मेडिकल कलेजसम्बन्धी अनुगमन प्रतिवेदनबारे अन्तिम निर्णय गर्न वैठक बस्न लागेको हो । त्रिविले २०७० कात्तिक १० गते सुरु गरेको सम्बन्धन प्रक्रियाअन्तर्गत गठित समितिले तयार पारेको प्रतिवेदन फ्याकल्टी बोर्डमा लगेर सम्बन्धन दिन प्रधानमन्त्री, शिक्षामन्त्री र त्रिवि पदाधिकारीको पटक–पटक दबाबपछि आइओएमले बोर्ड बोलाएको हो । सम्बन्धनको पर्खाइमा रहेका मनमोहन मेडिकल कलेज, काठमाडौं नेसनल, पिपल्स डेन्टल तथा मेडिकल र नेपाल प्रहरीका कलेजहरूमा प्रतिवेदन तयार पार्दाको अवस्थामा रहेका पूर्वाधारसमेत हाल नभएको जानकारहरू बताउँछन ।