नयाँ गभर्नर आज नियुक्त

चैत्र ५, काठमाडौं- नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर आज नियुक्त गरीने भएको छ । आज दिउँसो ३ बजे बस्ने मन्त्रि परिषदको बैठकले नयाँ गभर्नर चयन गर्ने भएको हो । गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले तीनजनाको नाम टुंगो लगाएको छ । अर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा गठित समितको हिजो बसेको बैठकले तीनजनाको नाम टुंगो लगाएको हो। सिफारिसमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल, डेपुटी गभर्नरहरु महाप्रसाद अधिकारी र गोपाल काफ्लेको नाम समावेश गरिएको छ।प्रधानमन्त्रीका आर्थिक सल्लाहकार  नेपालको संभावना अब बलियो देखिएको छ।
राष्ट्र बैंक ऐनअनुसार सिफारिस समितिले बहालवाला डेपुटी गभर्नरसहित तीन जनाको नाम प्रस्ताव गर्ने र मन्त्रिपरिषदले एकजनाको नाम अनुमोदन गरेर नियुक्ति गर्ने व्यवस्था छ। गभर्नरको कार्यकाल पाँच वर्षको हुनेछ ।वर्तमान गनर्भर युवराज खतिवडा शुक्रबारबाट सेवा निवृत्त हुँदैछन्। सेवा निवृत्त हुनुभन्दा एक महिनाअघि घर विदामा बस्ने परम्परा भए पनि वर्तमान गभर्नर खतिवडा विदामा बसेका छैनन् ।