एसएलसी परीक्षा आजबाट/ नियमिततर्फ छात्रभन्दा छात्राहरु बढी सहभागी

 चैत्र ५, काठमाडौं-यस वर्षको एसएलसी परीक्षा आज सुरु भएको छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी बिषयको परीक्षा  हुँदैछ । ८१औं पटकको एसएलसी बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । यसवर्षको एफएलसी परीक्षामा पाँच लाख ७४ हजार ६८५ जना विद्यार्थी सहभागी हुँदै छन् । यसपटकको एसएलसीमा  नियमिततर्फ छात्रभन्दा छात्राहरु बढी सहभागी हुँदैछन् । यसवर्षको एफएलसी परीक्षामा पाँच लाख ७४ हजार ६८५ जना छात्रछात्रा सहभागी हुने भएका छन् । जसमध्ये नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी चार लाख २६ हजार २१४ जना परीक्षामा सहभागी हुने परीक्षानियन्त्रण कार्यालयले जनाएको छ ।
एक्जाम्टेडतर्फ १ लाख ४५ हजार १८३ जना सहभागी हुँदै छन । नियमिततर्फ छात्रभन्दा छात्राहरु बढी सहभागी हुन लागेको एसएलसीको  ८२ वर्षे इतिहासमा पहिलो पटक हो ।
परीक्षा नियन्त्रण कार्यालयले परीक्षा संचालनका लागि देशभर १ हजार ८ सय ६२ वटा केन्द्र तोकेको छ । काठमाडौमा सबैभन्दा बढी ९१ वटा तथा मनाङ र मुस्ताङमा एक÷एक वटा केन्द्र तोकिएका छन् ।

यस वर्षको एसएलसी परीक्षा आज सुरु भएको छ । परिक्षा देशभरका सबै परीक्षा केन्द्रमा एकै साथ ८ बजेबाट सुरु भएको हो  ।  यसवर्षको एफएलसी परीक्षामा पाँच लाख ७४ हजार ६८५ जना विद्यार्थी सहभागी हुँदै छन् । यसपटकको एसएलसीमा  नियमिततर्फ छात्रभन्दा छात्राहरु बढी सहभागी हुँदैछन् । यसवर्षको एफएलसी परीक्षामा पाँच लाख ७४ हजार ६८५ जना छात्रछात्रा सहभागी हुने भएका छन् । जसमध्ये नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी चार लाख २६ हजार २१४ जना परीक्षामा सहभागी हुने परीक्षानियन्त्रण कार्यालयले जनाएको छ ।