भारतीय फिल्ममा यस्तो सेक्स सिम्बोल

काठमाडौं- शुक्रवारबाट प्रदर्शनको तयारीमा आउन लागेको भारतीय फिल्म ‘हन्टर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सेक्स एडिक्टेड को कथा बोल्ने यो चलचित्रको सार्वजनिक पोस्टर नै सेक्स साईकोलोगीकल बनाईएको छ । जसले हेर्नेहरुमा अनेकन प्रश्नहरु उब्जाउन सक्छ कोईमोई डटकमले एस्क्ल्युसिभ रुपमा सार्वजनिक गरेको आधा टाउको काटिएको पोस्टरको माथी यौनसँग जोडिएका अनेकन सिम्बोलहरु जोडिएको छ । रु जसले वलिउडमा एक सर्कल विवाद उब्जाउने निश्चित देखिएको छ ।

त्यसो त यो चलचित्रले सेन्सरको क्रममा झमेला बेहोरिसकेको छ । भारतिय सेन्सर वोर्डले चलचित्रमा समावेश धेरै दृश्यहरुमा कैंची लगाउने देखिएपछी निर्माण युनिट त्यसको बिरोधमा उत्रिसकेको फिल्मीजुममा समाचार छ । सोसियल ड्रामा जनरा भनिएको चलचित्र हर्षवर्धन कुलकर्नीको निर्देशन रहेको यो चलचित्रमा गुल्शान देवियाह, राधिका आप्ते, भिरा सेक्सिना लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको कथा पनि निर्देशक कुलकर्नीको नै हो ।