भक्तपुर क्यान्सर अस्पतालमा आइसियु सेवा संचालनमा

चैत ४, भक्तपुर-   भक्तपुर क्यान्सर अस्पतालमा लामो समयको प्रतिक्षा पश्चात् आइसियु सेवा सञ्चालनमा आएको छ । अस्पतालले दुई वटा भेन्टिलेटरसहितको ६ शैय्या क्षमताको आइसियु सेवा सञ्चालनमा ल्याएको हो । गत फागनु २३ गते अस्पतालको २० औं वार्षिकोत्सवको अवसरमा राष्ट्रपति डा। रामवरण यादवले उद्घाटन गरेको एनेक्स भवनमा आइसियु सेवा सुरु गरिएको अस्पताल स्रोतले जनायो । श्रोतका अनुसार अस्पतालमा गम्भिर अवस्थाका बिरामीको चाप बढ्दै गएको र अन्य अस्पतालहरुले गम्भिर अवस्थाका बिरामी धेरै रेफर गर्न थालेपछि बिरामीको चापका आधारमा आइसियु सेवा सुरु गरिएको हो । मंगलबारबाट औपचारीक रुपमा सुरु भएको आइसियुमा एक जना बिरामी भेन्टिलेटरमा राखिएको छ ।