गृहमन्त्रालयले गर्यो २८ जना सहसचिवहरुको सरुवा र पदस्थापन (सुचिसहित)

चैत ४, काठमाडौं- गृहमन्त्रालयले २८ जना सहसचिवहरुको सरुवा र पदस्थापन गरेको छ । चैत्र ३ गतेको निर्णयबाट गृहमन्त्रालयले ठूलो संख्यामा कर्मचारीहरुको पदस्थापन, हेरफेर र सरुवा गरिएको हो । सहसचिव कृष्णप्रसाद देवकोटालाई गृह मन्त्रालयमै पदस्थापन गरिएको छ भने मेघनाथ काफ्लेलाई पदस्थापन गरी अध्यागमनको प्रमुख बनाइएको गहृमन्त्रालयले जानकारी दिएको छ । त्यस्तैं पर्साका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीलाई कारागार व्यवस्था विभागको महानिर्देशकमा,डोटीका सीडीओ लोकनाथ पौडेललाई सरुवा गरेर दाङको सीडीओमा,दाङका सीडीओ पर्शुराम आचार्यलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतको क्षेत्रीय सह प्रशासकमा, सहसचिव विष्णुप्रसाद ढकाललाई हेटौडा क्षेत्रीय प्रशासन कार्यालयको सह प्रशासकमा ,सहसचिव मनोहरप्रसाद खनाललाई पदस्थापन गरी डोटीको प्रजिअमा र त्यस्तै विनोदबहादुर कुँवर बर्दिया, इन्दु घिमिरे स्याङ्जा, वलदेव गौतम सुर्खेत र विजयनारायण मानन्धरलाई धनुकुटाको प्रजिअमा पदस्थापन गरिएको छ । धनकुटाको सहक्षेत्रीय प्रशासकमा कालीप्रसाद पराजुलीलाई पदस्थापन गरिएको छ भने मकवानपुरका प्रजिअ केशवराज घिमिरेलाई पर्सा जिल्ला प्रशासनमा सरुवा गरिएको छ ।sachib saruwa sachib saruwa01