शूल्क तिर्न नसकेका विद्यार्थीको परीक्षा दिने व्यवस्था मिलाऊ – प्रधानमन्त्री

चैत ४, काठमाडौं- शूल्क तिर्न नसकेका विद्यार्थीको परीक्षा दिने व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।‘कञ्‍चनपुरका दुई सय विद्यार्थीले एस.एल.सी. दिन नपाउने’ भन्‍ने समाचार प्रकाशन भएकोमा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै बुधबार एक विज्ञप्ति निकाल्दै यस्तो निर्देशन दिएको हो।

‘उक्त सम्बन्धमा यथार्थता के हो? अन्य स्थानमा समेत यस्तो समस्या छ, छैन? छानविन गरी यदि शुल्क तिर्न नसकिएको कारणले मात्र परीक्षा दिन नपाउने अवस्था भएमा अविलम्व त्यस्ता विद्यार्थीहरुलाई परीक्षा दिने व्यवस्था तत्काल मिलाउन शिक्षा मन्त्रालयलाई यस कार्यालयबाट लिखित निर्देशन दिइएकोछ,’ विज्ञप्तिमा भनिएको छ।