श्रीलंकालाइ ९ विकेटले हराउदै दक्षिण अफ्रिका सेमिफाइनलमा

चैत ४, काठमाडौं-  दक्षिण अफ्रिका विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।श्रीलंकाले दिएको १ सय ३४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभरमा जम्मा १ विकेट गुमाएर भेट्टायो । दक्षिण अफ्रिकाका लागि क्वीन्टन डे ककले नटआउट ७८ र फाफ डु प्लेसिसले नटआउट २१ रन जोडे भने हासिम अम्लाले १६ रन जोडे ।

विश्वकपमा अभागी राष्ट्र मानिने दक्षिण अफ्रिका यसअघि सन् १९९२, १९९९ र २००७ मा पनि सेमिफाइनलमा पुगेको थियो । सन् २०११ मा भने क्वार्टरफाइनलबाट बाहिरिएको थियो ।अष्ट्रेलियाको सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३७।२ ओभरमा १३७ रन बनाउँदा अलआउट भयो । श्रीलंकाका कुमार सांगाकाराले ४५, लाहिरु थिरिमानेले ४१ र एन्जेलो म्याथुजले १९ रन बनाउनु बाहेक अरु कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर जोड्न सकेनन् ।

चालु विश्वकपमा दुई शतक बनाएका तिलक रत्ने दिल्सान बुधबार शून्य रनमा नै आउट भए । बलिङ तर्फ दक्षिण अफ्रिकाका इम्रान ताहिरले ४, जेपी डुमिनीले ३ तथा मर्ने मर्केल, केल एबट र डेल स्टेनले १र१ विकेट लिए । सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।श्रीलंकाले दिएको १ सय ३४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभरमा जम्मा १ विकेट गुमाएर भेट्टायो । दक्षिण अफ्रिकाका लागि क्वीन्टन डे ककले नटआउट ७८ र फाफ डु प्लेसिसले नटआउट २१ रन जोडे भने हासिम अम्लाले १६ रन जोडे ।

विश्वकपमा अभागी राष्ट्र मानिने दक्षिण अफ्रिका यसअघि सन् १९९२, १९९९ र २००७ मा पनि सेमिफाइनलमा पुगेको थियो । सन् २०११ मा भने क्वार्टरफाइनलबाट बाहिरिएको थियो ।अष्ट्रेलियाको सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३७।२ ओभरमा १३७ रन बनाउँदा अलआउट भयो । श्रीलंकाका कुमार सांगाकाराले ४५, लाहिरु थिरिमानेले ४१ र एन्जेलो म्याथुजले १९ रन बनाउनु बाहेक अरु कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर जोड्न सकेनन् ।चालु विश्वकपमा दुई शतक बनाएका तिलक रत्ने दिल्सान बुधबार शून्य रनमा नै आउट भए । बलिङ तर्फ दक्षिण अफ्रिकाका इम्रान ताहिरले ४, जेपी डुमिनीले ३ तथा मर्ने मर्केल, केल एबट र डेल स्टेनले १र१ विकेट लिए ।