नेपालको विश्वकप फुटबल २०१८ को यात्रा पहिलो चरणमै टुंगियो

चैत ३, काठमाडौ- नेपाल सन् २०१८ को विश्वकप तथा सन् २०१९ को एसिया कप फुटबलको छनोटको पहिलो चरणबाटै बाहिरिएको छ ।दशरथ रंगशालामा मंगलबार भएको दोस्रो लेगको खेलमा भारतसँग गोलरहित बराबरी खेलेको नेपाल समग्रमा २–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

घरेलु मैदानमा नेपालले गोल गर्ने तीन अवसर खेर फालेको थियो । तुलनात्मक रुपले राम्रो खेले पनि गोल गर्न नसक्दा नेपालले अर्को चरण प्रवेशको आशा गुमाएको हो ।नेपालले मध्यान्तरअघिको तुलनामा मध्यान्तरपछि भने आक्रामक खेलेको थियो ।यसअघि भारतको गुवाहिटीमा गत बिहीबार भएको पहिलो लेगको खेलमा नेपाल २–० ले पराजित भएको थियो ।