तत्काल पार्टी एकता हुन सक्दैन -सीपी गजुरेल

चैत ३,सिन्धुली – नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एकीकृत माओवादीसँग तत्काल पार्टी एकता नहुने स्पष्ट पार्नुभएको छ ।आज सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा पार्टीको जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गजुरेलले तत्काल दुई पार्टीको एकता सम्भव नरहेको बताउनुभयो ।

उपाध्यक्ष गजुरेलले संविधान सभाबाट नयां संविधान निर्माण गर्ने सबाल अन्त्य भैसकेको जिकिर गर्नुभयो ।कांग्रेस र एमालेले दुई तिहाई बहुमतको भरमा संविधान जारी गरे देशमा द्धन्द निम्तिने उहाँको भनाई छ ।