अभाव हटाउन सरकारले ग्यास भण्डारण गर्ने

चैत ३, काठमाडौ- सरकारले ग्यास अभाव हटाउन २० हजार मेट्रिक टन ग्यास भण्डारण गर्ने भएको छ । ग्यासको अभाव र कालोबजारीलाई रोक्न सरकारले ग्यास भण्डारण गर्न लागेको हो ।

नेपाल आयल निगमले २९ हजार मेट्रिक टन ग्यास आयात गर्ने भनेपनि २६ हजार मेट्रिक टन आएपछि बजारमा व्यापारीले ग्यास अभाव गराउदै आएका छन् । निगमका अनुसार काठमाडौं र धनुषाको महेन्द्रनगरमा ग्यास भण्डारण गरिने छ । दुवै स्थानमा १०र१० हजार मेट्रिक टन ग्यास भण्डारणका लागि तयारी सुरु भइसकेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार पहिलो चरणको भण्डारण महेन्द्रनगरमा गरिनेछ । काठमाडौंमा भने भण्डारणका लागि उपयुक्त जमिनको खोजी भइरहेको निगमको भनाई छ ।