विपक्षीको बेमौसमको तुक बिनाको आन्दोलन : अध्यक्ष राणा

चैत २ , भक्तपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले बमौसमी खेती गरेकाले यस्तो बेतुकै आन्दोलनले कुनै फल नदिने बताएका छन् । रफत् सञ्चार क्लब भक्तपुरले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राणाले जनताले अहिले आन्दोलन नभई संविधान चाहेकाले यस्ता आन्दोलनले माओवादी र उसको पुछार अझै पतन हुने बताए । राणाले देश र जनताले आन्दोलन होइन, संविधान खोजिरहेको छ, आन्दोलनले संविधान दिँदैन, जनताले नचाहेको आन्दोलनको अर्थ छैन, वार्ताबाटै निकास खोज्नुपर्नेमा जोड दिए । एमाओवादी नेतृत्व ३० दलीय मोर्चा वार्ता छाडेर आन्दोलनको घोषणा गर्नु दुर्भाग्य भएको उनको भनाई छ । सत्तापक्ष र विपक्षीबीच विवादित पाँच जिल्लाका विषयमा मात्रै कुरा नमिलेको बताउँदै राणाले “विपक्षी आन्दोलनमा गए पनि सरकारले सहमतिका लागि अन्तिम प्रयास अगाडि बढाउनुपर्छ, एकपटक फेरि विपक्षीलाई वार्तामा ल्याउनुपर्छ, विवादित पाँच जिल्लालाई सहमतिका लागि विकल्प खोजिनुपर्ने बताए ।