चार महिनामा काम सक्ने गरी निजगढ काठमाडौं जोड्ने फास्ट ट्रयाक सम्झौता

चैत २, काठमाडौँ – निजगढलाई काठमाडौंको दुरीसँग छोट्याउने फास्ट ट्रयाक निर्माणका लागि सरकारले विस्तृत परियोजना अध्ययन सम्झौता गरेको छ । सम्झौताका लागी आज भौतिक योजना तथा यातयात मन्त्रालयले भारतको आइएल एन एफएससँग डिपिआर सम्झौता गरेको हो ।

यातायात मन्त्रालयमा आज मन्त्रालय र कम्पनीका अधिकारीबीच सम्झौतामा हस्ताक्षर भएको मन्त्रालयका सचिव तलुसी सिटौलाले जानकारी दिए । यसैबिच उक्त सम्झौता चार महिनामा काम सक्ने गरी भएको सम्झौता पछि संचारकर्मीलाई बताइयो । डिपीआर तयार भएपछि मात्रै निर्माणका लागि ठेक्का सम्झौता गर्न प्रक्रिया अघि बढाइने भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधीले बताए ।