दुई माओवादी विच पार्टी एकता सुरु

चैत १, काठमाडौं- दुई माओवादी विच पार्टी एकताका लागी वार्ता सुरु भएको छ । एकीकृत नेकपा माओवादी र नेकपा—माओवादीबीच पार्टी एकताका लागी वार्ता सुरु भएको हो । एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा दुई माओवादीबीच वार्ता भइरहेको छ । वार्ताका लागि नेकपा(माओवादीका अध्यक्ष मोहन बैद्य किरण, महासचिव रामबहादुर थापा बादल र सचिव देव गुरुङ लाजिम्पाट पुगेका छन्  ।
एमाओवादीबाट अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता डा। बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश र महासचिव कृष्णबहादुर महरा सहभागी छन् ।