आन्दोलन घोषणा नगर्न विपक्षी मोर्चालाई प्रधानमन्त्रीको आग्रह

चैत १ काठमाडौं-आन्दोलन घोषणा नगर्न विपक्षी मोर्चालाई प्रधानमन्त्री सुशील कोइरालाले आग्रह गर्नु भएको छ   । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच अहिले विहान ालुवाटारमा भएको वार्तामा उहाँले आग्रह गर्नु भएको हो । जवाफमा ३० दलिय मार्चोको संयोजक दाहालले

आफुहरुले वार्ताको ढोका पनि बन्द नगर्ने र आन्दोलन पनि नरोक्ने बताउँनु भएको छ । वार्तामा प्रचण्डले प्रक्रिया रोकेर सहमतिको वातावरण बनाउन आफूले प्रधानमन्त्रीलाई आग्रह गर्नु भएको जनाईएको छ ।
प्रधानमन्त्री कोईरालाले सहमतीको लागी कहिलेसम्म पर्खने भनी प्रचण्डलाई प्रश्न समेत गर्नु भएको थियो ।  उहाँले वार्ताको क्रममा हुने उतार चढाबबाट विचलित नभई संवादको प्रकृयालाई निरन्तरता दिन र आन्दोलन घोषणा नगर्न आग्रह गर्नु भएको जनाईएको छ ।
विवादीत विषयमा सहमती खोज्न बसकेो आज विहानको वार्ता सकारात्मक भएको नेताहरुले बताएका छन् ।
यसैपचि सत्ता पक्षसँगको वार्ताले निकास दिन नसके एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ । दिउँसो २ बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको ३० दलीय मोर्चाको बैठकले आन्दोलन घोषणा गर्ने प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । प्रधानमन्त्री, मन्त्रीको सार्वजनिक कार्यक्रममा अवरोध, जिल्ला प्रशासन कार्यालयहरु घेराउ र झापादेखि कञ्चपुरसम्म बन्दसहित देशव्यापी आमहड्तालको कार्यक्रम ल्याइने जानकारी गराउनुभयो । ३