आजको विश्व कपमा युएई ६ विकेटले पराजित

चैत १, काठमाडौं-  जारी एक दिवसीय विश्व कप क्रिकेटको आजको पहिलो खेलमा युएई पराजित भएको छ । आज भएको खेलमा वेस्टईन्डीजले यूएईलाइ ६ विकेटले हराएको हो । युएईले सबै विकेट गुमाएर १ सय ७६ रनको लक्ष प्रस्तुत गरकोमा वेस्टईन्डीजले  ३० दशमलब ३ ओभरको खेलमा लक्ष भेट्टाएको थियो ।
टस जितर वेस्टईन्डीजले फिल्डीङ रोजे पछि ब्याटीङ सुरुगरेको युएईले सबै विकेट गुमाएर ४७ दशमलब ४ओभरको खेलमा १ सय ७५ रनको योगफल तयार पारेको हो ।
यसैविच आजको दोस्रो खेल आएइल्यान्ड र पाकीस्तान विच भने जारी रहेको छ ।