३ दिनदेखि महानगर दुर्ग्न्धित

चैत १, काठमाडौं- राजधानीको फोहर उठाउन ३ दिनदेखि अबरोध भएपछि महानगर दुर्ग्न्धित बनेको छ । काठमाडौं महानगरपालिकासँग आबद्ध ११ वटा कर्मचारी संघसंगठनले फोहरमैला व्यवस्थापनमा कर्मचारस्को सुरक्षाको प्रत्याभूति नहुन्जेल काममा फर्कन नसक्ने भन्दै फोहर उठाएका छैनन । फोहर बोक्ने निजी क्षेत्रको ट्रकले किचेर बालक रिजन बलामीको बुधबार दिउँसो निधन भएपछि सिडोलका स्थानीयले महानगरपालिकाका सवारी सधानमा आगो लगाएका थिए । ललितपुर, कीर्तिपुर र महानगरपालिका आसपासबाट महानगरपालिकाले दैनिक ९ सय टन फोहर संकलन गरी नुवाकोटको सिसडोल लैजाने गरेको थियो ।