पर्यटक बस दुर्घटनामा ३२ जना मारिए

चैत १, ब्राजिल- ब्राजिलमा पर्यटक सवार एउटा बस गहिरो खाडीमा खस्दा कम्तीमा पनि ३२ जनाले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार बसमा ५० पर्यटक सवार थिए । बस सान्ता कैटेरिना राज्यको ज्वायनभिला सहर नजिकै १,३०० फिट गहिरो खाडीमा खसेको हो ।

आपतकालीन सेवाका कणेएल नेल्सन कोएलोले घटनामा १२ जना घाइतेलाई जाइनभिले र कैम्पो अलेग्रे अस्पतालमा भर्ना गरिएको जानकारी दिए । केही यात्रु अझै पनि बसमा फसेको हुन सक्ने बताइएको छ। उद्धार कार्य जारी रहे पनि उनीहरुको बाँच्ने सम्भावना न्युन रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।
दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन । ब्राजीलको जी–१ न्युज वेभसाइटले मोटमा चालकले नियन्त्रण गुमाएपछि बस खाडीमा खसेको हुन सक्ने आशंका जनाएको छ।
स्थानीय संचार माध्यमका अनुसार एक हेलिकोप्टर घटनास्थल पठाइएको छ। तर दुर्घटनास्थल अत्यन्तै विकट रहेकाले हेलिकोप्टर अवतरणमा समस्या भएको बताइएको छ। एजेन्सी