आजबाट खुलाउने भनेको माथिल्लो तामाकोसी जलविद्युत शेयर नखुल्ने

चैत १ काठमाडौं- माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दोलखाबासीलाई आजबाट खुलाउने भनेको शेयर नखुल्ने भएको छ । आयोजनामा कार्यरत मजदुर र स्थानिय बासिले शेयरकै विषयलाई लिएर आन्दोलन थालेपछि एकहप्ता पछि सारिएको हो । यसअघि कर्मचारी सन्चयकोषका सन्चयकर्ता र आयोजनामा ऋण लगानी गर्ने संस्थाका कार्मचारीका लागि आवेदन खुला गरेको आयोजनाले आजबाट स्थानियको लागि आवेदन खुला गर्ने तयारी गरेको थियो । अब स्थानियको लागि चैत ८ गतेबाट मात्रै शेयर खुल्ला गर्ने जनाएको छ । मजदुरहरुले शुक्रबारदेखि काम ठप्प पारेका छन् । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले स्थानियका लागि १ अर्ब पाँच करोड ९० लाख शेयर जारी गर्दैछ । यसैबीच आयोजना सम्पन्न हुने मिति ग्यारेन्टी गरिनुपर्ने, स्थानीयबासीका लागि छुट्याएको १० प्रतिशत सेयर विद्युत उत्पादन भएपछि मात्रै निष्कासन गर्नु पर्ने लगायतका माग राखी दोलखाबासीहरुले शेयर वितरण प्रक्रिया नै रोक्न माग गरेका छन् । हिजो राजधानिमा पत्रकार सम्मेलन गरी दोलखाबासीले १६ बुँदे माग अघि सारेका हुन् । संघर्ष समितिका अध्यक्ष केशब चौलागाईले आफूहरुको मागलाई बेवास्ता गरे कडा संघर्ष गर्ने चेतावनी दिनु भएको छ ।