इङ्गलिश प्रिमियर लिगमा आर्सनल विजयी अर्को खेलमा म्यान्चेस्टर सिटी पराजित

चैत १ काठमाडौं- इङ्गलिश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएरातीको खेलमा आर्सनल विजयी हुँदा म्यान्चेस्टर सिटी पराजित भएको छ ।

कमजोर टोली बर्न्लेसँग १-० ले पराजित भएपछि साविक विजेता म्यान्चेस्टर सिटीको उपाधि यात्रा कमजोर बनेको छ । खेलमा बर्न्लेलेलाई विजयी गराउन जर्ज बोयडले ६१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
उता गएराती भएको लण्डन डर्बीमा आर्सनलले वेष्ट ह्याम युनाईटेडलाई ३-० ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन ओलिभर जिरु, आयरन राम्से र म्याथ्यु फ्लेमीनीले एक एक गोल गरे ।
प्रिमियर लिग अन्तर्गत गएरातीका अन्य खेलहरुमा क्रिष्टल प्यालेसले क्युपिआरलाई ३-१ ले हराँउदा एस्टन भिल्लाले सन्डरल्याण्डलाई ४-० ले हराएको छ । यसैगरी वेष्ट ब्रोमले स्टोक सिटीलाई १÷० ले पराजित गर्दा हल सिटी र लेष्टर सिटीले गोलरहित बराबरी खेलेका छन् ।
प्रिमियर लिग अन्तर्गत आजराती तीन खेल हुनेछन् । आज शिर्ष स्थानको चेल्सीले साउथह्याम्पटनसँग खेल्दा म्यान्चेस्टर युनाईटेडले टोटनह्याम हट्सपरसँग तथा एभर्टनले न्युकासल युनाईटेडसँग खेल्नेछन ।