प्रधानमन्त्रि र प्रचण्डविच आज द्धिपक्षिय वार्ता

चैत १ काठमाडौं-सविधानका विवादीत विषयमा सहमती कायम गर्न प्रधानमन्त्रि सुशिल कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विच आज द्धिपक्षिय वार्ता हुँदै छ । सत्तारुढ तर्फबाट प्रधानमन्त्रि कोईराला र ३० दलिय मोर्चाको तर्फबाट संयोजक दहाल विच विवादीत विषयमा छलफल हुने भएको हो ।
विवादीत विषयमा छलफलका लागी बैठक प्रधानमन्त्रि निवास बालुवाटारमा  बस्ने भनिए पनि समय भने तय नभएको प्रधानन्त्रि प्रेस सहयोगि प्रकाश अधिकारीले जनकारी दिनुभयो ।  मुख्य ३ दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा हिजो सहमति जुटाउन  असफल भए पछि द्धिपक्षिय वार्ता आज हुने भएको हो ।  कंग्रेस, एमाले, एकीकृत माओवादी र मधेसी मोर्चाको बैठकमा नेताहरु आरोप प्रत्यारोपमा उत्रिएपछि हिजो कुनै पनि सहमति बन्न सकेन । दलहरुले संविधानका विवादीत बिषयमा आ–आफ्नो अडान दोर्होयाएका थिए । एमाले उपाध्यक्ष बामदेव गौतमले एकीकृत माओवादी र मधेसी मोर्चा वार्ता भाड्ने तवरले बैठकमा उपस्थित भएको आरोप लगाए पछि एमाओवादी सचिव बर्षमान पुनले कंग्रेस एमाले ९ बुदे प्रस्ताव अनुसार नै अघि बढ्न चाहेकाले सहमति हुन नसकेको बताउनु भएको थियो ।
पहिलो चरणमा भएको वार्ता विना निष्कर्ष टुङ्गिएपछि दलहरु पुनं दोस्रो पटक बैठक बसेका थिए । दोस्रो चरणको वार्ताले विवादीत विषयमा सहमति जुटाउन नसके पछि हिजो एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र  प्रधानमन्त्री सुशील कोइरालालाई सहमती जुटाउँन जिम्मा दिएको थियो ।
आजकाृे वार्ताबाट पनि निष्कर्ष पुग्न नसके विपक्षी मोर्चाले आन्दोलनको कार्यक्रम शुरु गर्ने चेतावनी दिएको छ ।