प्रमुख ४ दल विच छलफल हुँदै

फागुन ३० काठमाडौ-लामो सयम देखि अनिश्चीतकालका लागी स्थगीत संविधान सभालाई निकास दिन आज प्रमुख ४ दल विच छलफल हुँदैछ । दुईदिनसम्म द्धीपक्षिय छलफलमा जुटेका दलहरु आज भने संयुक्त छलफलमा जुट्ने भएका हुन । लामो समय सम्मवाद हिन्ता अवस्थामा रहेका दलहरु केहि दिन देखि संविधानका विवादीत विषयमा सहमती खोज्ने प्रयासमा रहेका छन् ।
चार दलको वार्ता अघि कांग्रेस र एकीकृत माओवादी अनौपचारिक छलफलको तयारीमा छन् । एक महिनादेखि संविधानसभा अवरुद्ध भएको भन्दै  त्यसलाई निकास दिन दलहरु निकास खोज्ने गरी वार्तामा बस्न लागेका हुन् ।
हिजो पनि नेपाली कांग्रेस र मधेस केन्द्रित दल छलफलमा जुटेका थिए भने एमाले र प्रमुख प्रतिपक्षी दल एमाओवादीबीच पनि हिजै छलफल भएको थियो । दलहरूबीच जारी वार्तामा  संविधान निर्माण प्रक्रिया अनन्तकालसम्म रोक्न नसकिने सहमति बनेपनि निस्कर्षमा भने पुग्न सकेका छैनन् । बैठक अपराहन्न बस्ने भएको छ ।