हात्तिपाइले रोग विरुद्धको औषधी आजदेखि

फागुन ३०,काठमाडौँ-उपत्यकामा हात्तिपाइले रोग विरुद्धको दोस्रो चरणको औषधी खुवाउने अभियान आजदेखि सुरु हुदैछ ।अभियान आजदेखि तीन दिन सोमवार सम्म देशभर कार्यक्रम सञ्चालन हुँदैछ ।
अभियान अन्तरर्गत आजदेखि काठमाडौँ, ललितपुर र भक्तपुरमा कार्यक्रम सञ्चालन हुँदैछ । देशका ६१ जिल्ला हात्तीपाइले रोगबाट प्रभावित छन् । पहिलो चरणमा भने फागुन २३ देखि २५ गतेसम्म पाँचथर भोजपुर, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, सिराहा, सप्तरी, उदयपुर, अर्घाखाँची लगायत ३८ जिल्लामा औषधी खुवाइएको छ । हात्तिपाइले रोग लाग्नबाट बचाउने  भएकाले सबैले औषधि सेवन गर्नुपर्ने व्यवस्था मिलाइएको छ । तर गर्भवती तथा एक हप्ता सम्मका सुत्केरी आमाहरु, सिकिस्त विरामीहरु, छारे रोगका विरामीहरु र दुई बर्ष नपुगेका बालबालिकाहरुले भने औषधी सेवना नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । नेपालमा यो रोगको संक्रमण सरदरमा १३ प्रतिशत देखिएको छ ।