सोमबारदेखि लोडसेडिङ दैनिक २ घण्टाका दरले घट्ने (तालिका सहित)

फागुन ३०,काठमाडौँ-विद्युत प्राधिकरणले चैज्ञ २ गतेदेखि लागू हुने गरी दैनिक २ घण्टाका दरले लोडसेडिङ घटाउने भएको छ । नयाँ तालीका अनुसार अब दिनको ९ घण्टामात्रा लोडसेडिङ हुने छ । लहानदेखि पश्चिम र लमहीदेखि पूर्वको मध्य क्षेत्रमा प्राधिकरणले लोडसेडिङ घटाएर दैनिक ९ घण्टामा झार्ने भएको हो ।

चुहावट नियन्त्रणबाट बचेको र कुलेखानीलाई पीक आवरमा अलि बढी समय बढाएर लोडसेडिङ घटाउन लागेका हौं, प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, ४० देखि ५० मेगावाट विजुली भए दैनिक २ घण्टा लोडसेडिङ घट्छ । उनले लोडसेडिङ घटाउन नदीको वहावको कुनै योगदान नभएको बताए ।

नदीको वहाव बढेको छैन, बरु घटिरहेको छ । खासगरी आइरन गेट भनेर चिनिने एसएलसी परीक्षा नजिकिरहेका बेला विद्यार्थीलाई लक्षित गरी लोडसेडिङ घटाउन लागेको काफ्लेको भनाई छ ।

चुहावट नियन्त्रणबाट बचेको बिजुलीमात्र २ घण्टा लोडसेडिङ घटाउन पर्याप्त नभएकाले कुलेखानी पनि बढी समय सञ्चालन गर्न लागेका हौं, उनले भने, एसएलसी परीक्षाको तयारी गरिरहेका विद्यार्थीको हीतलाई ध्यानमा दिएर यो कदम चाल्न लागेका हौं ।

Loadseding