एथलेटिक्स प्रतियोगिता शुरु

फागुन २९,काठमाडौँ-नेपाल एथलेटिक्स संघको आयोजनामा आजदेखि ४० औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमका १ सय ७६ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक आरके विष्टले जानकारी दिनुभयो । पुरुष÷महिलामा १८–१८ गरी जम्मा ३६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु भएको छ । थ्रोविङ इभेन्ट भने भद्रकालीस्थित आर्मी हातामा हुनेछ । प्रतियोगिता तीन दिनसम्म चल्ने एथलेटिक्स संघले जनाएको छ ।