बलात्कारीलाई कारवाही गर्ने नयाँ बहस सुरु

फागुन २८,काठमाडौँ- बालीका बलात्कारका घटना बढेपछि बलात्कारीलाई कारवाहीको बहस सुरु भएको छ । अहिले रहेको ऐनलाई संसोधन गरेर मृत्युदण्ड दिने वा जन्मकैद भन्नेमा सरोकारवालाले बसह सुरु गरेका छन् ।

प्रहरीमा दर्ता भएको बलात्कारको उजुरीमध्ये ६० प्रतिशत भन्दा धेरै उजुरी बालिका बलात्कारका छन् । आर्थिक वर्ष २०७०/७१मा प्रहरीमा दर्ता भएका बलात्कारका ९ सयभन्दा बढी उजुरीमा पाँच सय भन्दा धेरै बालिकाको बलात्कार भएको प्रहरीको आकडा छ । प्रहरीको तथ्याङ्क अनुसार बलात्कृत हुनेमा पुजाकुमारी जस्तै १० वर्ष भन्दा कम उमेरका २ सय ४० र ११ देखि १६ वर्ष उमेर समूहका ३ सय ३० जना छन् ।

सिविन नेपालका कार्यक्रम संयोजक सुम्निमा तुलाधरका अनुसार विद्यालय, आफ्नै घर र सुरक्षित मानिएका अरु ठाउहरुमा पनि बालिका बलात्कारको घटना भएका छन् । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहप्रवत्ता रामप्रसाद भट्टराईले कानुन संसोधनका विषयमा छलफल भइरहेको सीआईएनलाई बताउनुभयो । मुलुकी ऐन २०२० अनुसार उमेर अनुसार बलात्कारको सजाय फरक फरक छ । १० वर्षभन्दा कम उमेरको बालिका बलात्कार गर्नेलाई १० देखि १५ वर्ष सम्म कैद सजाय हुन्छ ।