मन्थलीमा ट्रकको ठक्करबाट एक बालक गम्भीर घार्इते

चाहना योन्जन

फागुन २८,रामेछाप  – रामेछापको सदरमुकाम मन्थलीमा आज दिउसो ट्रकको ठक्करबाट एक बालक घार्इते भएका छन । बा २ ख ३४७२ नम्बरको ट्रकले मन्थली २ निवासि बर्ष ७ का बिबस माझी  लार्इ आज अपरान्ह साढे ४ बजेतिर ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्कर पछि घाइते भएका माझि लार्इ चालक स्वयमलेनै बोकेर मन्थली स्थीत रामेछाप सामुदायिक अस्पताल पुर्‍याएका थिए ।

घाइते बालकलार्इ मन्थलिमा उपचार सम्भव नभएपछि एम्बुलेन्स माफत काठमाण्डौ लाने तयारिगरिएको अस्पताल लेजनाएको छ । ट्रक चालक प्रहरिको नियन्त्रणमा  रहेको जिल्ला प्रहरि कार्यालय रामेछापले जनाएको छ ।