विश्वकासस्तो सहरको सूचिमा नेपालको राजधानी काठमाण्डौ नवौँ स्थानमा

फागुन २८,काठमाडौँ- विश्वका सबैभन्दा सस्तो सहरको सूचिमा नेपालको राजधानी काठमाण्डौ नवौँ स्थानमा परेको छ ।इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआइयु) ले सार्वजनिक गरेको विश्वका कुल १ सय ३३ वटा सहरको सूचिमा काठमाण्डौ १ सय २५ औँ स्थानमा पर्दै नवौँ सस्तो सहरका रुपमा सूचिकृत भएको छ ।

गएको वर्ष सातौँ सस्तो सहरको रुपमा रहेको काठमाण्डौमा पछिल्लो एक वर्षमा महंगी केही बढेको र दुइ स्थान माथि चढेर नबौँ स्थानमा पुगेको तथ्यांकले देखाएको छ ।अमेरिकाको न्युयोर्कलाई आधार मानेर इआइयुले तयार पारेको कस्ट अफ लिभिङ इन्डेक्स अनुसार पाकिस्तानको कराँची विश्वको सबैभन्दा सस्तो सहरको रुपमा देखिएको छ ।यो सूचकांक तयार पार्ने क्रममा खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामाग्रीहरुको खर्च लगायतका १ सय ६० वटा वस्तु तथा सेवामा हुने खर्चको तुलनात्मक अध्ययन गरिएको थियो ।