दक्षिण अफ्रिका विश्वकपको क्वाटर फाइनलमा

फागुन २८,काठमाडौँ- दक्षिण अफ्रिका विश्वकप क्रिकेटको क्वाटर फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकाले संयुक्त अबर इमिरेट्स युएइलाई १ सय ४६ रनले पराजित गरेको छ ।न्युजिल्याण्डको वेलिङटनमा भएको खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३ सय ४२ रनको लक्ष्य पछ्याएको युएईले ४७ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रनमा समेटियो ।युएईका स्वप्निल पाटिलले ५७ तथा साइमन अनवारले ३९ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । युएईलाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका एबी डी भिल्यिरस, मोर्ने मोर्केल र वर्ननन् फेलान्डरले समान दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४१ रन बनायो । दक्षिण अफ्रिाकाका लागि एबी डी भिलियर्सले ९९, फरहान बहार्डियनले ६४, डेभिड मिलरले ४९ तथा राइली रोसेउले ४३ रन बनाए ।