कमल निकाल्ने क्रममा डुबेर मृत्यु

फागुन २८, रुकुम-रुकुम जिल्लाको रुकुमकोटमा रहेको कमल तालमा कमल निकाल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । रुकुमकोट २ पाखागाउँ निवासी ४२ बर्षिय हरि केसीको आज दिउसोे तालवाट कमल निकाल्ने क्रममा डुबेर मृत्यु भएको बताईएको छ । साथिहरुसंग कमल निकाल्न तालमा गएका केसीको डुबेर मृत्यु भएको हो । कमल निकाल्ने क्रममा कमलको बोटमा जेलिएर केसी डुबेको प्रत्यक्षदर्शिहरुले बताएका छन् । अहिले कमल निकाल्ने सिजन चलिरहेको छ ।