बालकको मृत्युपछि फोहोर फाल्न अबरुद्ध

फागुन २८,नुवाकोट-काठमाडौबाट फोहोर बोकेर आएको मिनिट्रकको ठक्करबाट ओखरपौवा स्थित फोहोर फाल्ने स्थानमा एक जना बालकको मृत्यु भएको छ । सडक छेउमा खेलिरहेको ओखरपौवा–८ का अन्दाजी चार वर्षीय रिजन बलामीको फोहोर बोकेको मिनिट्रकबाट मृत्यु भएको हो । आमासंग सडक छेउमा हिडिरहेको समयमा ट्रकको ठक्करबाट रिजनको घटनास्थलमा नै ज्यान गएको हो । घटना पछि बालकलाई ठक्कर दिने बा १ ख ९७२६ नम्बरको मिनीट्रकलाई स्थानीयले  आगो लगाएर जलाइ दिएका छन् । मिनीट्रको ठक्कबाट घाइते हुनुभएका बालकको आमा कान्छी बलामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनाको बिरोध गर्दै स्थानीयले फोहोर बोकेर ओखरपौवामा पुगेका अन्य गाडीहरुलाई पनि तोडफोड गर्न थालेपछि गाडीहरु फेहोर नै नफालि काठमाडौ नै फर्किएका छन् । घटना पछि काठमाडौबाट फोहोर बोकेर ओखरपौवा पुगेको चार वटा र डम्पिङ क्षेत्रमा नै फोहो ब्याबस्थापन गर्न राखिएको स्थानीयवासीले आगजनी तथा तोडफोड गरेका छन् । घटना पछि नुवााकेटको ओखरपौवामा फाल्न अबरोध भएको छ । पीडितको परिवारलाई उचित क्षतिपुर्ति र दोषी चालकलाई कडा कारबाही नभएसम्म फोहोर फाल्न नदिने स्थानीयले राखेका छन् ।