कति होला ललितपुर उपमहानगरपालीकाको बजेट ?

फागुन २८,ललितपुर-  ललितपुर जिल्ला विकास समितिको २४औं जिल्ला परिषद्को निर्णय सार्वजनिकीकरण कार्यक्रममार्फत आव २०७२-७३ को बजेट आज सार्वजनिक गरेको छ । आगामी आवमा जिविस ललितपुरको कुल बजेट रु चार अर्ब ९१ करोड ९७ लाख ७० हजार २८० रहेको छ ।

आगामी आवमा आन्तरिक आयतर्फ रु १६ करोड ४७ लाख ६८ हजार, सरकारले प्रदान गर्ने निर्वाचन क्षेत्र विकासतर्फ रु चार करोड २० लाख, अन्य अनुदानतर्फ रु १७ करोड ५६ लाख ५६ हजार, भारतीय राजदूतावास कार्यक्रम रु दुई करोड ९० लाख गरी कुल रु ४१ करोड १४ लाख २४ हजार प्रस्तुत गरिएको छ । जसमध्ये चालुतर्फ रु १८ करोड एकलाख ५४ हजार र पुँजीगततर्फ रु २३ करोड १२ लाख ७० को खर्च प्रस्ताव गरिएको छ ।

उक्त आवमा कुल खर्चमध्ये प्रशासनिक खर्च रु ५७ करोड ६९ लाख ५२ हजार, कार्यक्रम बजेट चालु खर्च रु १९ करोड एक लाख ३९ हजार २८० रहनुका साथै पुँजीगत खर्च रु चार अर्ब १५ करोड २६ लाख ७९ हजार हुने अनुमान गरिएको छ । यसैगरी उक्त आवमा जिविसतर्फको आन्तरिक आयतर्फ रु १६ करोड ४७ लाख ६८ हजार अनुमान गरिएको छ जुन आव २०७१÷०७२ को अनुमानित आय रु नौ करोड ५९ लाख ७३ हजार भन्दा ७१ दशमलव ६८ प्रतिशत र संशोधित अनुमान रु १५ करोड ९१ लाख ४८ हजार २०० भन्दा तीन दशमलव ५३ प्रतिशतले बढी रहेको छ ।

जिविसले आब ०७१-७२ मा राजस्व सङ्कलन रु १५ करोड ९१ लख ४८ हजार २०० हुने अनुमान गरिएको छ जुन रकम आव २०७०÷७१ को यथार्थभन्दा ८८ दशमलव ३९ प्रतिशतले बढी रहनुका साथै आव २०७१-०७२ को अनुमानितभन्दा ६५ दशमलव ८२ प्रतिशतले बढी रहेको छ ।