विश्व मृर्गौला दिवस मनाइँदै, यो रोगका विरामी बढ्नुको कारण खोजीँदै

फागुन २८,काठमाडौँ-आज विश्व मृगौला दिवस नेपालमा पनि यो रोग न्युनिकरणका उपायको खोजी सहित मनाइदैछ । केही बर्ष नेपाल लगायत विश्वका विभिन्न देशमा  मिर्गौला रोगीहरुको संख्या दिनप्रतिदिन ह्वात्तै बढ्दै गएको छ । नेपालमा कुल जनसंख्याको करिब १० प्रतिशत व्यक्तिमा मिर्गौला रोग रहेको अनुमान गरिएको छ । यो वर्ष नेपालमा ‘सबैको लागि स्वस्थ्य मिर्गौला’ भन्ने नाराका साथ बिहीबार विश्व मिर्गौला दिवस मनाइदै छ ।

नेपालमा सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार मिर्गौला उपचार केन्द्र काठमाडौँ वनस्थलीको आयोजनामा मिर्गौला दिवस मनाउन थालिएको हो । मिर्गौला उपचार केन्द्र वनस्थलीका वरिष्ठ मिर्गौला रोग विशेष एवम् कार्यकारी निर्देशक प्राडा ऋषिकुमार काफ्लेले मिर्गौला रोगको सिघ्र पहिचान तथा यसको निदान नै आफ्नो मिर्गौला स्वस्थ्य राख्ने मूल मन्त्र भएको बताए ।

मिर्गौला स्वस्थ्य राख्नका लागि सबैले एक दिनमा कम्तीमा तीन लिटर पानी पिउनुपर्ने, मधुमेह तथा उच्च रक्तचापलाई सन्तुलनमा राख्न सक्नुपर्नेमा जोड दिन जरुरी रहेको उनले बताए । धुमपानको आदत भएका, ५० वर्ष भन्दा बढी उमेर नाघिसकेका, मिर्गौलामा अन्य कुनै समस्या भएकाहरूलाई मिर्गौला रोगको खतरा बढी हुनेभएकाले हरेक वर्ष मिर्गौला परीक्षण गर्नु आवश्यक पर्ने उनले बताए ।

मिर्गौला रोग लागिसकेपछि उपचारमा अत्यधिक खर्च लाग्ने भएकाले समयमै मिर्गौला परीक्षण गरी रोग लागेको नलागेको जानकारी लिनुपर्ने बताउँदै उहाँले खाना खाएको ३० मिनेटमा कम्तिमा १५ मिनेट हिडडुल गर्नुपर्ने, मोटोपनलाई हटाउनुपर्ने र सुविधा भोगी नबनी पर्याप्त मात्रामा व्यायाम गर्नुपर्ने बताए । यसैबिच यो रोग लागेपछि उपचार निकै महगो हुने भएकाले यसाको समस्याको पहिचान गर्नु नै उत्त्म उपाय भन्दै यो रोग लाग्नुको कारणको समेत खोजी भएको छ ।