अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि राजधानीमा सुरु

फागुन  २८, काठमाडौँ- सरकार र नेपाल उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला हुँदैछ । प्रधानमन्त्री सुशील कोइरालाले स्थानीय भृकुटीमण्डपमा आयोजना हुने मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्योग वाणिज्य तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसमेतको सहयोगमा आयोजित पाँच दिने मेलामा स्वदेशी तथा विदेशी गरी ३४० वटा बिक्रीकक्ष रहनेछन् ।

मेलामा बङ्गलादेशका ९२, भारतका २८, चीनका २१, पाकिस्तानका २२ र नेपाली कम्पनीका ६५ वटा बिक्रीकक्ष रहने छन् । मेलाको मुख्य आकर्षणमा जडीबूटी प्रदर्शनी हुने र त्यहाँ उत्पादनकर्ता, प्रशोधनकर्ता र निर्यातकर्ताको सहभागिता रहनेछ ।

त्यसैगरी अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पु¥याउने अपेक्षा गरिएको महासङ्घका अध्यक्ष प्रदीपजङ्ज पाण्डेले बताए ।