गणतन्त्र दिवसको दिन मुलुकले संविधान पाउँछ – नेता नेपाल

फागुन २७, काठमाडौं -नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र दिवसको दिन मुलुकले संविधान पाउने बताएका छन् । जाजरकोटको आठौं जिल्ला परिषद बैठकको उद्घाटन कार्यक्रममा बोल्दै नेता नेपालले जनमतको अवमुल्यन हुन नदिने भन्दै जुनसुकै मुल्य चुकाएर भएपनि देशलाई संविधान दिएरै छाड्ने बताए ।

नेता नेपालले सहमतीमै संविधान ल्याउन एकीकृत माओबादी र मधेशबादी दलसंग अधिकतम लचकता अपनाउने तर देशको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनताका विषयमा भने सम्झौता गर्न नसकिने स्पष्ट पारेका छन् । विपक्षी दलहरुले आफ्नो हठ नत्यागे समाप्त भएर जाने नेता नेपालको भनाई थियो ।