द्धन्द्ध निम्त्याउने सर्वोच्चको फैसला- प्रचण्ड

फागुन २७,काठमाडौँ -एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सवोच्चको हालैको फैसललाले द्धन्द्ध निम्त्याउने चेतावनी दिएका छन् ।  सत्यनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी र अध्यक्ष प्रचण्ड बिच भएको छलफलमा प्रचण्डले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई पुनः द्वन्द्वमा लैजाने बताएका हुन् ।

प्रचण्डले द्धन्द्धकालीन मुद्दालाई आयोगले नै हेर्नुपर्ने बताउँदै सर्वोच्च अदालतको पछिल्लो फैसलाले मुलुकलाई पुनः द्वन्द्वमा लैजाने अवस्था देखिएको र तत्काल आयोगले यसमा पहल गर्नु पर्ने बताए । उनले सर्वोच्चको पछिल्लो फैसलाका केही बुँदा मान्न सकिने भए पनि सबै स्वीकार गर्न नसकिने बताए ।

सर्वोच्च अदालतले १४ फागुनमा द्वन्द्वकालीन घटनाका सम्बन्धमा अदालतमा विचाराधीन मुद्दा आयोगले हेर्न नपाउने र आम माफी दिन नहुने फैसला गरेको थियो । आयोग पदाधिकारीले ऐन संशोधन गर्ने सम्बन्धमा आफूहरुले केही गर्न नसक्ने जानकारी दिँदै दलहरुबीच नै छलफल गर्नसमेत अध्यक्ष दाहाललाई ध्यानाकर्षण गराएका थिए ।