लगातार चार खेलमा सतकको विश्व रेकर्ड बनाए सांगाकाराले

फागुन २७,काठमाडौँ-विश्वकप क्रिकेटमा श्रीलंकाका ब्याट्सम्यान कुमार सांगाकाराले लगातार चार खेलमा सतक बनाएर नयाँ रेकर्ड बनाएका छन् । उनले २७ फागुनमा स्कटल्याण्डसँग भएको खेलमा ९५ बलमा ४ छक्का र १३ चौकासहित १२४ रन बनाए ।

सांगाकाराले जारी विश्वकपमा बंगलादेश, इंग्ल्यान्ड, अस्ट्रेलिया र स्कटल्यान्डसँगको खेलमा सतक बनाएका हुन् । यसअघि, विश्वकप क्रिकेटमा लगातार तीन वटा सतकको मात्रै रेकर्ड रहेको थियो ।  सांगाकारासँगै ६ खेलाडीले लगातार तीन सतक प्रहार गरेका थिए ।