बलात्‍कारीलाई फाँसी नदिए सम्म शव नछुने पूजाका परिवारको चेतावनी

फागुन २७,काठमाडौँ गत आइतबार राजधानीमा उपचारको क्रममा ज्यान गुमाएकी बलात्कृत बालीका पुजा शाहका परिवारले बलात्कारीलाई फाँसी सजाए नदिएसम्म शव नछुने बताएका छन् । बालीका शाहको मृत्युबाट आक्रोसित बनेका उनको परिवारसँगै बाराका बासिन्दाले प्रदर्शनसँगै सडक पनि तताइरहेका छन् ।

उनीहरुले हिजो दिनभरी सदरमुकाम कलैयामा बिरोध प्रर्दशन गरेका थिए । शवसहित प्रर्दशनमा उत्रिएकाहरुले पुजाको परिवारलाई क्षतिपूर्ति र बलात्कारीलाई फाँसीको सजायको व्यवस्था गर्न माग गरेका छन् । यसैबिच बलात्कारीलाई फाँसीको सजाय माग्दै काठमाडौँमा पनि प्रर्दशन जारी छ । अखिल क्रान्तिकारीको नेतृत्वमा वालुवाटार गएको टोलीले फाँसीको सजाय माग गर्दै प्रधानमन्त्री कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् ।