हात्तीपाइलेबाट एक अर्ब चालिस करोड मानिस प्रभावित

फागुन २७, काठमाडौँ-हात्तीपाइले रोगले विश्वभरका अधिकांश मुलुक प्रभावित बनेका छन् । जसबाट  ७० भन्दा बढी देशमा बसोबास गर्ने एक अर्ब चालिस करोड मानिस यो रोगबाट सङ्क्रमित रहेका छन् । यसैबिच आउँदो फागुन ३० देखि चैत २ गतेसम्म ललितपुर जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ ।

हात्तीपाइले रोगविरद्धको औषधि सामान्य औषधि रहेको भएपनि दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, सात दिनको सुत्केरी र दीर्घरोगीले यस औषधिको सेवन गर्न हुँदैन भने अन्य मानिसले यो रोग विरुद्धको औषधि सेवन गर्नु पर्छ ।

नेपालमा खुवान लागीएको यो रोग विरुद्धको औषधी चार लाख ६४ हजार जनसङ्ख्या रहेको ललीतपुर जिल्लामा यो कार्यक्रमको लागि दुईहजार पाँच सय स्वास्थ्य स्वयम्सेविका र दुई सय २५ जना स्वास्थ्य कार्यकर्ता कटिने र खुवाउनको लागि बिहान १० बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।