केपी ओलीकै सेरोफेरोमा घुमेको नेपाली राजनीति, उनी अस्वस्थ हुँदा प्रभावित

फागुन २६,काठमाडौँ-  मुलुकका ३ शीर्ष दलका शीर्ष नेताहरु मध्येका एक हुन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । प्रभावशाली नेता र ठुलो दलका शीर्ष नेता भएकाले नेपाली काँग्रेसका सभापति शुशिल कोइराला, एमाले अध्यक्ष ओली र एमाओवादीका अध्यक्ष प्रचण्ड बिनाको वार्ता र छलफल प्राय निष्कर्ष विहिन बन्दै आएका छन् । नेपाली वर्तमान राजनीतिमा पनि यस्तै दृश्य देखिएको छ यतिबेला । लामो समयसम्म भारत र अमेरीकामा उपचार गराएर फर्किएका ओलीको विस्तारै स्वास्थ्यमा सुधार आइरहेका बेला आइतबार साँझदेखि उनी अचानक बिरामी भए । जसको प्रभाव डेढ महिनादेखि पानी बाराबारको स्थिीतिमारहेको र हालै वार्ताको वातावरण बन्दै गएको सत्तासाझेदार र विपक्षीको वार्तामा देखिएको छ ।

जसका कारण दलहरुले अनौपचारिक रुपमा भन्दै आएको जेठ १५ मा संविधान भन्ने नयाँ मिति पनि प्रभावित हुने खतर बढ्दै गएको छ । रुखा खोकी र ज्वोरोका कारण ओलीले घरमा नै आराम गर्न थालेपछि विपक्षी विच्किएका छन् । विशेष गरी एमाओवादीका अध्यक्ष प्रचण्ड ओलीको पछाडी नै लागीपरेका छन् । यसैबिच प्रचण्डले ओलीलाई केही नभएको र उनीहरुले विरामी भएको वाहनाबाजी गरेर माहोल खलबलाउन लागीपरेको आरोप लगाएका छन् । यही सेरोफेरोमा ओलीलाई छातीमा ‘इन्फेक्सन’ भएको चिकित्सकले बताएका छन् । जसका कारण शीर्ष दलको निर्णायक वार्ता मात्रै नभई एमाले स्थायी समिति बैठक पनि प्रभावित भएको छ । अध्यक्ष ओली चिकित्सकको सल्लाहमा केही दिनदेखिन निवासमै आराम गरिरहेका छन् ।

स्वास्थ्यमा समस्या भएकाले अध्यक्ष ओली प्रमुख राजनीतिक दलसँगको बैठकमा पनि सहभागि भएका छैनन् । यसअघि प्रधानन्त्री निवासमा भएको प्रमुख तीनसँग आन्दोलनरत एमाओवादी मोर्चाको बैठकमा पनि सहभागी हुन सकेका थिएनन् । आज हुने भनिएको एमाले स्थायी समितिको बैठक पनि प्रभावित भएको छ । ओलीको छातिमा इन्फेक्सन भएर बोल्नै गारो भएपछि बैठक रोकिएको नेता भानुभक्त ढकालले जानकारी दिए । नेता ढकालका अनुसार ‘छातीमा इन्फेक्सन भएर ओली बोल्नै नसक्ने अवस्थामा छन् ।