गणतन्त्रपछिको आठौ जिल्ला परिषद बहिस्कार

फागुन २६, कञ्चनपुर- कञ्चनपुर जिल्लाको जिल्ला परिषदलाइ नेपाल उद्योग परिसंघ कञ्चनपुर कैलाली च्याप्टरले बहिस्कार गरेको छ । संघका नाममा पत्रलेखि परिषदमा आमन्त्रण गरेको जिविस कञ्चनपुरले समुद्घाटन समारोहमा उद्योगीहरुको पेशागत संगठनलाइ सम्बोधन नगरी आयोजकले गम्भीर गल्ती गरेको भन्दै परिसंघले परिषद बहिस्कार गरेको हो ।

ठुलो संगठनलाइ चेपुवामा पार्ने षडयन्त्र भएकाले जिल्ला परिषद बहिस्कार गरिएको नेपाल उद्योग परिसंघ कञ्चनपुर कैलाली उद्योग परिसंघ संयोजक हेम बिक्रम थापाले सञ्चाँरकर्मीहरुलाइ बताउनुभयो । उहाँले परिसंघका तर्फबाट प्रेस सहयोगी भरत खत्रीलाइ पठाएको जानकारी दिदै सम्बोधनका क्रममा कुनैपनि किसिले सम्बोधन नगरिएको जानकारी दिनुभयो ।

बिगत के बर्षदेखि कञ्चनपुरमा औद्योगिक ब्यापार मेला आयोजना गर्दै आएको परिसंघले सामाजिक क्षेत्रमा समेत ठुलो योगदान दिदै आएको छ । उहाँका अनुसार ब्यापार मेलाबाट प्राप्त केहि रकम असाय बिद्यँर्थीहरुका लागी अक्षय कोषको रुपमा खडा गरिएको छ ।