राष्ट्रपति र प्रचण्डबीच २० मिनेट टेलिफोन वार्ता आन्दोलनमा नलाग्न आग्रह

फागुन २६ , काठमाडौं – राष्ट्रपति डा रामवरण्ढा यादवले एमाओवादी अध्क्षय एवं विपक्षी ३० दलीय मोर्चाका संयोजक पुष्पकमल दाहाल लाई टेलिफोन गरी आन्दोलनमा नलाग्न आग्रह गर्नुृ भएको छ ।राष्ट्रपति र दहालबीच आज बिहान करिब २० मिनेट टेलिफोन वार्ता भऐको शितल निवास स्रोतले जनाएको छ । टेलिफोन वार्ताका क्रममा राष्ट्रपति यादवले प्रचण्डलाई सरकारल बारम्बार वार्ताका लागि गरेको आवहानलाई सम्बोधन गरी वार्तामा बस्न सुझाव दिनुभएको छ । राष्ट्रपतिले दहाललाई सहमतिको बाटोमा जान र प्रकियाबाट टाढा नभाग्न आग्रह गर्नुभएको छ ।

जवाफमा अध्यक्ष दाहालले आफूहरु वार्ताको लागि तयार भएको बताउनु भएको राष्ट्रपति स्रोतले जनाएको छ । अध्यक्ष दहालले राष्ट्रपति यादवसँग संविधानको अन्तरवस्तुमा सहमति गर्न सत्तापक्षले ईच्छा नदेखाएको गुनासो गर्नुभएको थियो । दहालले राष्ट्रपतिलाई आफूहरु वार्ता विरोधी नभएको र वातावरण तयार भए सरकारसँग वार्तामा बस्ने जानकारी गराउनु भएको हो । प्रक्रियामा संविधान जारी गर्ने सत्तापक्षको निर्णयविरूद्ध एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले संविधानसभाको बैठक बहिष्कार गरी आन्दोलन चर्काएको थियो ।