आफु भन्दा कान्छा युवकसँग सुटुक्क विहे गरिन सुमिनाले

फागुन २६,काठमाडौं-अभिनेत्री सुमिना घिमिरे सुटुक्क बैबाहिक बन्धनमा बाँधिएकी छिन् । सुमिनाले  सोमबार राजधानीको एक ब्याङकेटमा आफन्त र केही साथीभाईका बिच काभ्रेका रोशन सापकोटासँग हिन्दू संस्कार अनुरुप गुपचुप बिहे गरेकी हुन् । सुमिना र रोशनको केही समयअघि म्युजिक भिडियोमा अभिनय गर्ने क्रममा चिनजान हुँदै अफेयर चलेको थियो ।

सुमिना भन्दा कान्छा बताइने रोशन पेशाले विमान चालक हुन् भने उनको म्युजिक भिडियो बजारमा आउने तयारीमा छ। भिमदत्त र मालामा फुल भुमिकामा अभिनय गरेकी सुमिनाले करिब २ दर्जन चलचित्रमा अभिनय गरेपछि अब सन्यास लिने बताएकी छिन् ।