घुम्टीले दुई जनाको ज्यान लियो

फागुन २६,  कैलाली-कैलालीमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्र्तगतको पहलवानपुर सडकखण्डमा गएराती  यात्रुबाहक बस र मोटरसाइल एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका अनुसार पूर्वबाट पश्चिमतर्फ आईरहेको ना ४ ख ८६३६ नम्बरको यात्रुबाहक बस र पूर्वतर्फ गैरहेको से १ प ७०९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा मोटरसाइकलका चालक कोटातुल्सीपुर गाविस वडा नम्बर ८ वैदीपुरका वर्ष ५० का बलराम भूल र मोटरसाइकलमा सवार सोही ठाउँका वर्ष २२ का चन्द्र भूलको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक  दुवै जनाको घटनास्थलमै ज्यान गएको हो। दुर्घटना पछि मृतकका आफन्तहरुले पूर्वपश्चिम राजमार्गको यातायात सेवा अवरुद्ध पारेका छन् ।