आरोपहरु झुटो हो – प्रधानमन्त्री

फागुन २५, काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणका लागि राजनीतिक दलहरु घनीभूत छलफलमा जुटेकाले चाँडै प्रतिफल दिन सफल हुने विश्वास व्यक्त गरेका गर्नुभएको छ ।गैरआवासीय नेपाली संघ–एनआरएन–को केन्द्रीय कार्यालय भवनको आज राजधानीमा शिलान्याश गर्दै उहाँले राजनीतिक नेतृत्व असफल भएको आरोपहरु झुटो भएको दावी गर्नुभयो । नेपालको शान्ति, स्थायित्व, लोकतन्त्र र बिकासका लागि लोकतान्त्रिक संविधान जारी गर्न सबै राजनीतिक दल प्रतिबद्ध भएर लाग्नुको विकल्प नभएको उहाँको भनाई थियो ।प्रधानमन्त्री कोइरालाले हतियार, डर, धम्कीको दम्भ छोडेर अगाडि बढ्न पनि आग्रह गर्नुभएको छ ।

यस्तै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले चुटकीको भरमा संविधान बनाउँछौ भन्ने राजनीतिक दलहरुले नसकेर होइन नगरेर संविधान जारी गर्न ढीलो गरेको टिप्पणी गर्नुभयो ।नेताहरुले नै संविधान नबनाए अरु कसैले बनाउन नसक्ने उहाँको भनाई छ । यस्तै एमाले महासचिव इश्वर पोखरेलले आफ्नो दल सबै कुरा छाड्न तयार भए पनि सामाजिक सद्भाव भड्काउने र मुलुकको राष्ट्रिय एकता बिखण्डन गर्ने प्रस्ताव कुनै हालतमा स्वीकार नगर्ने अडान राख्नुभयो ।एमाले महासचिवले कुनै एक दलको छाप लागेको संविधान जारी हुने नदिने अडान राख्दा संविधान सभा नै धरापमा परेको जिकिर गर्नुभयो । एनआरएन अध्यक्ष शेष घलेले गैरआवासीय नेपाली नेपालको समृद्धिमा साझेदार बन्न इच्छुक रहेको जानकारी दिनुभयो । जवाफमा प्रधानमन्त्री कोइरालाले पनि मुलुकमा लगानीको बातावरण बनिसकेको उल्लेख गर्दै गैरआवासीय नेपालीलाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभयो । एनआरएनको भवन ३ रोपनी क्षेत्रफलमा बन्न लागेको हो । भवन निर्माणका लागि १९ करोड रुपैयाको प्रतिवद्धता आइसकेको छ ।