वेवारिसे शव फेला

फागुन २५,सप्तरी- सप्तरीको रुपनीस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा आज एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ । अन्दाजी ३५ वर्षीय सो पुरुष गाउँघरमा मागेर खाने व्यक्ति रहेको सप्तरी प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन नसकेको र शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।