एकतावद्ध भएर संविधान निर्माणमा अघि बढ्न ओलीको आग्रह

फागुन २४, काठमाडौँ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलामाथि हुने अन्यायका विरुद्धमा जुध्ने आत्मबल र प्रेरणाका लागि सबै महिलामा शुभेच्छा व्यक्त गरेका छन् । १०५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उनले आजका महिलाले त्यस्ता दुव्यबहारलाई आफु भित्र गुम्स्यउाएर नराखी डटेर सामना गर्न पनि अपिल गरेका छन् ।

अध्यक्ष ओलीले २०६२-६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने अभियानमा केन्द्रित भएकाले संविधानसभाबाट सम्पूर्ण जनताका हक–अधिकारहरुलाई सुरक्षित गर्दै जनताको संविधान जारी गर्ने संवेदनशील मोडमा आइपुगेको बताए ।

उनले सम्पूर्ण जटिलता र बाधा व्यवधानलाई चिर्दै जनताको संविधान जारी गरेरै छोड्ने प्रतिबद्धतासमेत व्यक्त गरे । ओलीले अहिले पनि मुलुकका विभिन्न भागमा घरेलु हिंसा, बलात्कारका घटना र बोक्सीको आरोपमा प्रताडित हुनुपर्नेजस्ता घटनाबाट महिला पीडित भइरहेको बताउँदै त्यसका विरुद्ध आफुहरुको लडाई जारी रहेको बताए ।