दक्षिण अफ्रिकालाई हराएपछि पाकिस्तानको क्वाटर फाइनल पुग्ने संभावना कायम

फागुन २३, काठमाडौँ – पाकिस्तानले विश्वकप क्रिकेटको क्वाटर फाइनल पुग्ने संभावना कायम राखेको छ । आज भएको खेलमा दक्षिण अफ्रिकालाई डकवर्थ लुईस मेथड अनुसार २९ रनले हराउँदै पाकिस्तानले क्वाटर फाइनल पुग्ने संभावना कायम राखेको हो । हारपछि दक्षिण अफ्रिकाको पनि क्वाटर फाइनल पुग्ने संभावना कायम छ । दुवैको ६ अंक भएको छ र रनरेटका आधारमा पाकिस्तान पछि छ । जितका लागि ४७ ओभरमा २ सय २३ रन बनाउनु पर्ने लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३३ दशमलव ३ ओभरमा सबै १० विकेट गुमाएर मात्र २ सय २ रन बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि एबी डिभिलिर्सले सर्वाधिक ७७ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । यस्तै हासिम अमलाले ३८ रन बनाए ।

दक्षिण अफ्रिकालाई अल आउट गर्ने क्रममा पाकिस्तानका मोहमद इरफान, राहत अली र वाहब रियाजले समान ३ विकेट लिए ।यसअघि टस हारेर पहिले व्याटिङ गरेको पाकिस्तानले ४६ दशमलव ४ ओभरमा१० विकेट गुमाएर २ सय २२ रन बनाएको थियो । पाकिस्तानले ब्याटिङ गरिरहेको बेला पानी परेपछि खेल वर्षाले केहिबेर रोकिएको थियो । जसका कारण खेल ४७ ओभरमा झारियो र डकवर्थ लुईस मेथड अनुसार दक्षिण अफ्रिकालाई जितका लागि २ सय ३२ रनको लक्ष्य दिईएको थियो । पाकिस्तानका लागि मिसवाह उल हकले ५६, सरफराज अहमदले ४९ र युनिस खानले ३७ रन बनाउनु बाहेक अरु राम्रो खेल्न सकेनन । दक्षिण अफ्रिकाका डेल स्टेनले ३ विकेट लिए भने केली एवोट र मोर्ने मोर्केलले २(२ विकेट लिए ।